Sagun Khabar
जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण 

बैतडी–सञ्चारकर्मी भरत खत्रीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । 

बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–४ भटना घर भएका खत्रीले पुर्चौंडी नगरपालिका–३ खत्तोखोलास्थित दलित जनचेतना आधारभूत विद्यालयका बालबालिकाहरुलाई कापी र कलम वितरण गरेका हुन् । 

उक्त विद्यालयमा बढीजसो दलित समुदायका बालबालिकाहरु अध्ययनरत रहेकाले उनीहरुलाई पठन–पाठनमा केही सहयोग पुगोस भनेर जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेको खत्रीले बताए । 

जन्मदिनमा अन्य फजुल खर्च गर्नुभन्दा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दा केही सहयोग पुगोस भन्ने आफ्नो उद्देश्य रहेको खत्रीले बताए । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update