Sagun Khabar
राप्रपा बैतडीको अधिवेशन पौष २७ गते हुने 

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको जिल्ला अधिवेशन यही पौष २७ गते हुने भएको छ । 

दशओटै पालिकामा अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर पौष २७ गते जिल्ला अधिवेशन गर्ने तयारी भएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

अधिवेशनले जिल्लामा राप्रपाको नयाँ नेतृत्व चयन गर्ने उनले बताए । अधिवेशनका लागि तयारी शुरु भइसकेको छ । 

राप्रपाले १० ओटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दा राप्रपाप्रति आकर्षण देखिएको अध्यक्ष भट्टले दाबी गरे । 

यस्तै राप्रपाले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको अवसरमा बैतडी सदरमुकाम गोठलापानीमा चियापान समारोहको आयोजना गर्ने अध्यक्ष भट्टले बताए । उक्त समारोहमा सम्पूर्ण राष्ट्रप्रेमीहरुलाई आमन्त्रण गरिएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update