Sagun Khabar
निर्वाचन कार्यालय बैतडीको प्रमुखमा भारती हाजिर 

बैतडी–जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारती हाजिर भएका छन् । 

यसअघि निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयमा प्रतिनिधि सभा निर्वाचन नजिक आएसँगै भारतीलाई कार्यालय प्रमुखको रुपमा पठाएको हो । 

यसअघि गेटा अस्पतालमा कार्यरत शाखा अधिकृत भारतीलाई पौष ६ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो । भारतीलाई पालिकामा हाजिर नहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालयमा सरुवा गरेको हो । 

कार्यालय प्रमुख भारती  मंगलबार  कार्यालयमा हाजिर भएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । भारतीको एक कार्यक्रमकाबीच स्वागत समेत गरिएको छ । 

आगामी निर्वाचनलाई जिल्लामा स्वच्छ, भयरहित र निष्पक्ष ढंगले सम्पन्न गर्ने हिसाबले आफूले काम सम्पादन गर्ने निर्वाचन कार्यालयका प्रमुख भारतीले बताए । यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीमा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका भारतीले जिल्लामा काम गर्न सहज हुने अपेक्षा लिएको बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update