Sagun Khabar
बैतडीको सिगासका सामुदायिक विद्यालयमा दुई दिन सार्वजनिक बिदा 

बैतडी–बैतडीको सिगास गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा दुई दिन सार्वजनिक बिदा दिएको छ । 

गाउँपालिकाको वडा नं २ स्थित अर्जुन मावि गाँजरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालयहरुमा बिदा दिएको हो । 

उक्त प्रतियोगितामा विद्यालयहरुको सहभागितालाई दृष्टिगत गरेर गाउँपालिकाको पौष १३ गतेको निर्णय अनुसार बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

Sigas-Bida-1767785950.jpg
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update