Sagun Khabar
बैतडीमा सशस्त्र प्रहरीद्वारा खेल सामग्री वितरण 

बैतडी–बैतडीमा सशस्त्र प्रहरी बल नेपालले एक विद्यालयमा खेल सामग्री वितरण गरेको छ ।

जिल्लाको सुर्नया गाउँपालिका–६ स्थित सिगास मावि मुसे रौटेमा भलिबल लगायतका खेल सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताए । 

सशस्त्र प्रहरी बल स्थापनाको २५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका र सोही अन्तर्गत विद्यालयमा खेल सामग्री हस्तान्तरण गरिएको गुल्मपति कुँवरले बताए । 

विद्यालयका विद्यार्थीहरुलाई खेलकूदमा सहयोग मिलोस भनेर खेलकूद सामग्री वितरण गरिएको उनले बताए । विद्यालयहरुमा खेलकूद सामग्रीको अभावमा खेलकूद कार्यक्रमहरु सञ्चालनमा समस्या हुने भएकाले खेलकूद सामग्री वितरण गरिएको उनले बताए । 

विद्यालयमा खेलकूद सामग्री वितरणका साथै सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको गुल्मपति कुँवरले बताए । लागू औषध दुर्व्यसन नियन्त्रण लगायतका बिषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको उनले बताए । 

जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुमा सचेतनामूलक कक्षा सञ्चालन गरिएको गुल्मपति कुँवरले बताए । पछिल्लो समयमा लागू औषध दुर्व्यसनमा किशोरावस्थाका मानिसहरु पनि फसीरहेकाले लागू औषधले पार्ने प्रभाव र नियन्त्रणका उपायका बारेमा जानकारी दिने गरिएको उनले बताए । 

बिहीबार सिगास मावि मुसे–रौटेमा सचेतना कक्षा सञ्चालन गरेको सशस्त्र प्रहरीले यसअघि विरेन्द्र मावि शाहीलेक, गलिनाथ मावि बडगाउँ, डिलेश्वरी मावि हाटमा सचेतनामूलक कक्षा सञ्चालन गरिसकेको छ । 

सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ औं बार्षिकोत्सव आगामी माघ ९ गते मनाइने र त्यसअघि विभिन्न कार्यक्रम सञ्चालनमा रहेका गुल्मपति कुँवरले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update