Sagun Khabar
राप्रपाका उम्मेदवार चन्द घरदैलो अभियानमा 

बैतडी–आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीबाट सिफारिश भएका उम्मेदवार भुपेनबहादुर चन्द घरदैलो अभियानमा सरीक भएका छन् । 

पार्टीको आन्तरिक अधिवेशनसँगै घरदैलो अभियानमा सरीक भएको चन्दले बताए । मतदाताहरुसँग भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुने गरेको चन्दले बताए । 

बैतडी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला भएकाले राप्रपा पुरानो साख फर्काउने अभियानमा लागेको छ । उनकै छोरालाई चुनावी मैदानमा उतारेर राप्रपाले निर्वाचनको तयारी गरिरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

आइटी इन्जिनियर, पाइलट र अभिनेता समेत रहेका  चन्दले राजनीतिमार्फत समाज सेवाका लागि आफू राजनीतिमा होमिएको बताए । उनले भिजन हेरर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘वर्तमान अवस्थामा कसले काम गर्न सक्छ । को सँग काम गर्ने भिजन छ । पैसाको पछि नलाग्नुस भन्छु म ।’

राप्रपाको पालिका अधिवेशनको समयमा जिल्लाका १० ओटै स्थानीय तहमा पुग्दा पहिलाको तुलनामा राप्रपाको संगठन विस्तार भएको उनले दाबी गरे । मतदाताले आफूलाई जिम्मेवारी दिएमा कुशलतापूर्वक निर्वाह गर्ने चन्दको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update