Sagun Khabar
मेलौलीमा इलाका प्रशासनका लागि सिडिओसहितको टोलीद्वारा निरीक्षण 

बैतडी–बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले निरीक्षण गरेको छ । 

सरकारले केही दिन अघि बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गराउन टोलीले अनुगमन गरेको हो । 

मेलौली नगरपालिका क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सम्भाव्य स्थानको निरीक्षण गरिएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले बताए । 

मेलौली नगरपालिकाको कार्यालय भवनसँगै वडा नं ७ स्थित आँखा उपचारको केन्द्र रहेको भवनको पनि निरीक्षण गरिएको उनले बताए । 

संघीय सरकारबाट बजेट र कर्मचारीको सुनिश्चिता भएमा तत्कालै इलाका प्रशासन कार्यालय सञ्चालनमा लयाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update