Sagun Khabar
राप्रपा बैतडीको क्षेत्रीय कार्यसमिति गठन 

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीको प्रदेश सभा (क) क्षेत्रमा क्षेत्रीय कार्यसमिति चयन गरेको छ । 

शनिबार पाटनमा भएको क्षेत्रीय अधिवेशनले प्रेमसिंह धामीको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति चयन गरेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

उक्त समितिको उपाध्यक्षमा हिरा बिष्ट, गजाधर भट्ट र कृष्णदेव पन्त रहेका छन् । यस्तै सचिवमा मनिषा साउँद, कोषाध्यक्षमा हिरा अवस्थी, सहसचिवमा पार्वती धानुक लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

राप्रपाले आज जिल्ला अधिवेशन गर्दैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update