बैतडी– बैतडीको पाटन नगरपालिका–९ ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडको पहिलो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष प्रेमसिंह भाटले संस्थाको बार्षिक निति तथा कार्यक्रम, महासचिव धन बहादुर महराले संस्थाको बार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष हिरा भाटले आर्थिक प्रतिवेदन, अर्जुन सिह बिष्टले लेखा समिति प्रतिवेदन, मदन सिह भाटले ऋण समितिको प्रतिवेदन र कृष्ण सिह महराले शिक्षा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको प्रगति, उपलब्धि तथा आगामी योजना सहित आगामी आर्थिक बर्षका लागि अति आवश्यक ९ वटा प्रस्तावहरु सभाले सर्वसम्मतिले पारित गरेका संस्थाका सदस्य मदनसिंह भाटले बताए ।
२०८१ साल जेठ १५ गतेका दिन १७ औं गणतन्त्र दिवसको अवसरमा स्थापना गरिएको उक्त सहकारी संस्थामा ४६१ जना शेयर सदस्य रहेको संस्थाका सदस्य असोक महराले बताए ।
संस्थाले कृषि क्षेत्रमा काम गर्ने, सदस्यको नियमित बचत संकलन, बाल बचत संकलन र ऐच्छिक बचत संकलन गर्दै आएको संस्थाका सदस्य धनसिंह भण्डारीले बताए ।
संस्थाको कुल शेयर पूँजी ३० लाख २८ हजार चार सय, बचत संकलन २७ लाख ३८ हजार चार सय चवालिस रहेको संस्थाकी सदस्य मथुरा साउद महराले बताइन् ।
साधारण सभामा विभिन्न सुझाव, छलफल तथा निर्णयहरू पनि गरिएको थियो । कार्यक्रममा संस्थाका संस्थापक शेयर सदस्य, अधिकतम बचतकर्ता, अधिकतम शेयर खरिदकर्ता र सहकारीलाई विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
बार्षिक साधारण सभामा प्रमुख अतिथी रुपमा सहभागी भएका पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले सहकारी संस्थाले स्थानीयस्तरमा आर्थिक विकास, बचत तथा ऋण प्रवाहमार्फत सदस्यहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवा नै सहकारीको मुख्य आधार भएको उल्लेख गरे ।




