Sagun Khabar
विप्लव नेतृत्वको माओवादी चुनावमा सहभागी हुँदै, बैतडीबाट दुई जनाको नाम सिफारिश 

बैतडी–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पहिलो पटक चुनावमा सहभागी हुने भएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीबाट दुई जना उम्मेदवारको नाम केन्द्रमा सिफारिश गरेको छ । 

पार्टीको जिल्ला कमिटि बैठकले प्रत्यक्षतर्फ जिल्ला इञ्चार्ज रामबहादुर कुँवर र शंकरसिंह महराको नाम सिफारिश गरेको हो । केन्द्रले एकजनालाई उम्मेदवार बनाउने जिल्ला इञ्चार्ज कुँवरले बताए । 

यसअघि समानुपातिकतर्फ भगवती महराको नाम सिफारिश गरिसकेको उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गुलाबको फूल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने कुँवरले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update