बैतडीमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु
बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो ।
जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् । घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत हुन बाँकी रहेको छ ।
जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्




