Sagun Khabar
बैतडीमा जीप दुर्घटना अपडेटः मृतकको संख्या ४ पुग्यो

बैतडी-बैतडीमा सोमबार बिहान भएको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप पाटन नगरपालिका–८ को विजयपुर नजिक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–५ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–१ का २९ वर्षीय भानदेव भट्ट,सिगास गाउँपालिका–१ कि २९ वर्षीया बसन्ती ऐर, र डडेल्धुराको आलिताल गाउँपालिका–३ चौरका १३ वर्षीय राकेश रावल रहेका छन्।

प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार बसन्ती ऐरको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने बाँकी तीन जनाको घटनास्थलमै ज्यान गएको थियो।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको बताइएको छ।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update