बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकेदार मावि पिपलकोटले जितेको छ ।
लवलेक खेलमैदानमा सम्पन्न रनिङ शिल्डमा पिपलकोटले ११ स्वर्ण, चार रजत र आठ कास्यसहित उपाधिमा कब्जा जमाएको हो । योसँगै पिपलकोटले रनिङ शिल्डमा ‘ह्याटिक’समेत गरेको छ । यस्तै सात स्वर्ण र एक कास्यसहित रौलेश्वर मावि कालागाउँ दोस्रो र छ स्वर्ण, छ रजत र छ कास्यसहित भगवती मावि सित्तड तेस्रो भएको छ ।
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
विभिन्न पदक विजेतालाई गाउँपालिका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की, शिक्षा शाखा प्रमुख चक्रदेव जोशीलगायतले पुरस्कार वितरण गरे । पुस २५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पालिकाका ११ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।




