बैतडीको शिवनाथमा आज सार्वजनिक बिदा
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाको वडा नं १ स्थित नागार्जुन धाममा लाग्ने मेलाको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नागार्जुन धाममा हरेक बर्ष पौष मसान्त र मकर संक्रान्तिका दिन मेला लाग्ने गर्दछ । उक्त मेलालाई गङ्नान मेलाको रुपमा स्थानीयहरुले मनाउने गरेका छन् ।
नागार्जुन धाममा सूर्य धनुराशीमै छदाँ मेला लाग्ने भएकाले उक्त धाममा आज पूजाआजासहित मेला लाग्ने बताइएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गङ्नान मेलामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर आज सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ ०८:२०
प्रतिक्रिया दिनुहोस्




