Sagun Khabar
पाँच किलो चरेशसहित बझाङका एक जना धनगढीबाट पक्राउ 

कैलाली – पाँच किलो चरेशसहित बझाङका एक जना धनगढीबाट पक्राउ परेका छन् । 

बिशेष सूचनाको आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको चितवन होटेलमा कोठा गरी बसेका बझाङको सुर्मा गाउँपालिका–२ बस्ने ५० बर्षीय जलहरी बोहरालाई चरेशसहित पक्राउ गरिएको हो । 

चेकजाँच गर्दा बोहराको साथबाट ५ केजी ५७६ ग्राम लागूऔषध चरेश फेला पारी उनलाई नियन्त्रणमा लिइएको हो । 

वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बोहरालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update