Sagun Khabar
शिक्षक कठायतले विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरे 

बैतडी – बैतडीको पाटन नगरपालिका–६ हिरापुरस्थित डाँडाबाघ आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न दलित बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गरिएको छ । 

पाटन नगरपालिका–६ भडाली घर भइ हाल कञ्चनपुरको वेदकोट नगरपालिका–१ पितलथला बस्दै आएका सिगास मावि गौरीशंकर पोखरी गुरुडामा कार्यरत शिक्षक दिलिप सिँह कठायतले विद्यार्थीहरुलाई न्यानो लुगाका साथै विद्यालयलाई एक थान रोसटम समेत उपलब्ध गराएका छन ।

विद्यालयको ३३ औं बार्षिकोत्सवको अवसरमा १० जना अति विपन्न दलित समुदायका बालबालिकाहरुलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मणसिंह कठायतले बताए ।  विद्यालयमा पढ्ने बालबालिकाहरुलाई विद्यालय पोशाकको समस्या नहोस भनेर आफूले सक्दो सहयोग गरेको शिक्षक कठायतले बताए । 

शिक्षक कठायतले बालबालिकाहरुलाई गरेको सहयोगले समाजमा सकारात्मक प्रभाव पार्ने र यसले अरुलाई पनि उत्प्रेरित गर्ने विद्यालयका संस्थापक एवं जिल्ला समन्वय समितिका सदस्य करनसिंह कठायतले बताए । 

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरु विभिन्न समस्या झेलिरहेका र उनीहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जोड दिए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा सबैको सहयोग आवश्यक रहेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update