बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाको नगर सभा आज सम्पन्न भएको छ ।
नगर सभाको आठौं अधिवेशनले विभिन्न कार्यविधि र निर्णयहरु पारित गरेको नगरपालिकाको योजना शाखामा कार्यरत राजेश खत्रीले बताए ।
नगर सभाले बालबालिकाको पोषण सुधार कार्यविधि–२०८२, दशरथचन्द नगरपालिकाको नगरस्तरीय कृषि कार्यक्रम सञ्चालन कार्यविधि–२०८२, दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि–२०८२, दलित सञ्जाल गठन र सञ्चालन कार्यविधि–२०८२, दशरथचन्द नगरपालिकाको झुसे दमाईँ छात्रवृति वितरण कार्यविधि–२०८२ र दशरथचन्द नगरपालिकाको सहकारी नियमावली–२०८२ पारित गरेको खत्रीले बताए ।
नगर सभाले चालु आर्थिक बर्षमा अहिलेसम्म गरेका कामहरुको बारेमा समीक्षा गरेको नगर प्रमुख पुष्करराज जोशीले बताए ।
यस्तै सभाले केही योजनाहरुको नाम र बजेट संशोधन गरेको छ भने केही योजनाहरुमा रकमान्तर समेत गरेको नगर प्रवक्ता अजव पाण्डेयले बताए ।




