Sagun Khabar
जनकालिका सहकारी संस्थाको अध्यक्षमा प्रकाश बोहरा निर्वाचित 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं,मेलाखानस्थित जनकालिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रकाशबहादुर बोहरा निर्वाचित भएका छन् । 

शनिबार अध्यक्ष पदका लागि भएको निर्वाचनमा ३ सय ७६ मत ल्याएर बोहरा अध्यक्ष पदमा निर्वाचित भएका जनकालिका बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख प्रेमसिंह बोहराले बताए । उनका प्रतिस्पर्धी मनोजकुमार बोहराले १ सय ७७ मत प्राप्त गरे । निर्वाचनमा पाँच मत बदर भएको कार्यकारी प्रमुख बोहराले बताए । 

जनकालिका बचत तथा ऋण सहकारी संस्थामा ८६२ जना शेयर सदस्य रहेकोमा ५ सय ५८ जनाले मतदान गरेका थिए ।

जनकालिका बचत तथा ऋण सहकारी संस्थाको गएको पुस २६ गते भएको बार्षिक साधारण सभामा अध्यक्ष पदमा सहमति नभएपछि शनिबार निर्वाचन भएको हो । अन्य पदमा भने सर्वसम्मत पदाधिकारी र सदस्यहरु चयन भइसकेका छन् । 

नवनिर्वाचित अध्यक्ष प्रकाशबहादुर बोहराले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । अध्यक्षले कार्यकारी प्रमुखबाट शपथ ग्रहण गर्ने र त्यसपछि अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

जनकालिका बचत तथा ऋण सहकारी संस्थालाई अझै उत्कृष्ट बनाउन आफूले काम गर्ने नवनिर्वाचित अध्यक्ष बोहराले बताए । 

२०५६ सालमा स्थापना भएको जनकालिका बचत तथा ऋण सहकारी संस्था यो क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update