Sagun Khabar
यी हुन् सुदूरपश्चिमबाट एमालेका उम्मेदवार 

बैतडी – आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लामा उम्मेदवारहरूको नाम अगाडि सारेको छ । प्रदेशका नौ वटै जिल्लामा एमालेबाट प्रतिनिधित्व गर्ने नेताहरूको सूची सार्वजनिक गरिएको छ ।

एमालेका अनुुसार पहाडी जिल्ला बैतडीमा फेरि दामोदर भण्डारीलाई उम्मेदवार बनाइएको छ । उनी २०६४ सालदेखि लगातर एमालेबाट चुनाव लड्दै आएका छन् । तीन पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका भण्डारी पटक–पटक मन्त्री समेत बनिसकेका छन् । 

यस्तै दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही र बझाङबाट अफिलाल ओखेडा उम्मेदवार बन्ने भएका छन् । यस्तै अछाम १ बाछ झपटबहादुर बोहरा र अछाम–२ बाट यज्ञ बोगटी उम्मेदवार बन्ने भएका छन् । 

यस्तै कैलाली–१ बाट द्वारिका न्यौपाने, कैलाली–२ बाट सूर्यबहादुर थापा, कैलाली–३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र कैलाली–५ बाट यज्ञराज ढुङ्गाना उम्मेदवार बनेका छन् । 

कञ्चनपुर क्षेत्र नम्बर –१ बाट कमला बोहरा, क्षेत्र नम्बर २ बाट वचनबहादुर सिंह र क्षेत्र नम्बर ३ बाट दीपक भट्टलाई एमालेले उम्मेदवार बनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update