Sagun Khabar
बैतडीको पाटन–१० मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति विस्तार,सभापतिमा पृथ्वीराज पन्त

बैतडी- बैतडीको पाटन नगरपालिका वडा नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति विस्तार गरेको छ । 

सोमबार सिद्धपुरको हतासमा सम्पन्न भएको प्रथम वडा भेलाले पृथ्वीराज पन्तको सभापतित्वमा १५ सदस्यीय वडा समिति गठन गरेको रास्वपाका पाटन सभापति तिलकबहादुर चन्दले बताए । उक्त समितीको उपसभापतिमा हेमन्तराज पन्त,सचिबमा नमराज भट्ट,कोषाध्यक्षमा जयराज पन्त लागयत अन्य शदस्यहरु रहेका छन् ।

वडा समिति गठन प्रक्रियामा नगर सभापति चन्दका साथै नगर समिति सचिव भरतसिंह बिष्टको समेत उपस्थिती रहेको थियो ।

पार्टी संगठन विस्तार गर्ने अभियान अन्तर्गत वडा समिति गठन गरिएको उनले बताए । 

पछिल्लो समयमा रास्वपाप्रति युवाहरुको आकर्षण बढ्दै गएको सभापति चन्दले बताए । पाटनका सबै वडामा पार्टीको समिति विस्तार गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update