बैतडी - बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष जनतामाझ जाने भएको छ ।
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा नेपाली काङ्ग्रेसबाट चतुर बहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवं नेपाल क्रिकेट संघ का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाए संगै बैतडीमा नेपाली काङ्ग्रेस ८ वर्षपछि प्रत्यक्ष जनतामाझ जाने लागेको हो ।
नेपाल क्रीकेट संघका अध्यक्ष समेत रहेका चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोले माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि कांग्रेसले भोट मागेको थियो । तर यो चुनावमा भने नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रीएको छ ।




