बैतडीमा तेज बहादुर चन्दको स्वतन्त्र उम्मेदवारी दर्ता
बैतडी - बैतडीमा तेज बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
नेपाली काङ्ग्रेस त्यागेको घोषणा गरेका काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन। दलगत राजनीति त्यागेर स्वतन्त्ररुपमा नयाँ राजनीतिक यात्रा अघि बढ्ने बताउदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए ।
नेपाली काङ्ग्रेस गलत बाटोतर्फ गएकाले स्वतन्त्र रुपमा अघि बढेको चन्दले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १७:१२
प्रतिक्रिया दिनुहोस्




