Sagun Khabar
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीको आग्रह

बैतडी -जिल्ला प्रशासन कार्यालय बैतडीले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रसासनले एक सुचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । प्रसासनले आफुसँग भएको हातहतियार यहि माघ २० गतेसम्म बुझाईसक्न आग्रह गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिभिन्न ब्यक्तिका नाममा रहेका ईजाजत प्राप्त हातहतियार र गोलिगठ्ठा बुझाउनुपर्ने जनाईएको छ । 

हातहतियार बुझाउदा अनिवार्य रुपमा भरपाई रसिद लिनुपर्ने सुचनामा उल्लेख गरेको छ । बुझाईएका हतियार चैत २० गतेपछि फिर्ता गरिने जनाईएको छ । हतियार फिर्तालिदा बुझाउदा लिएको भरपाई रसिद पेस गर्नुपर्ने बताईएको छ ।

आफ्नो नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउनु सकिनेछ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update