बैतडी- बैतडीमा खडेरीका कारण हिउँदे बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ५ स्थित रौलाकेदार धाममा स्थानीय बासिन्दाहरूले केदार देवताको आराधना गर्दै पानीको कामना गरेका स्थानीय बासिन्दा प्रकाश सिंह महराले बताए ।
गहुँ सहित अन्य बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका उनले बताए ।
परम्पराअनुसार बाजागाजा सहित धाममा पुगेर भराण घर रौलाकेदारको थप्नामा रातभर जाग्राम बसेर प्रार्थना गर्ने चलन रहेको छ । लामो समयदेखि वर्षा नहुँदा खेतीमा ठूलो क्षति भइरहेकोले स्थानीय पानीको प्राथना गरिरहेका छन् ।
पुरानो जनविश्वास अनुसार देवतालाई आराधना गर्दा वर्षा पर्छ भन्ने मान्यता रहेको उनले बताए । स्थानीयहरु जहिल्लै पानी नपरे केदारको शरणमा जाने गरेका र भगवान प्रशन्न भएर पानी पर्ने गरेको महराले बताए ।
यसरी केदारको प्राथना गरे पानी पर्ने जनविश्वा रहिआएको छ ।




