Sagun Khabar
रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको छ।

कैलाली–१ का निर्वाचन अधिकृत देवराज भारतीले दिनेश खबरलाई जानकारी दिएअनुसार प्रचलित निर्वाचन कानुन र निर्देशिकाअनुसार अयोग्य ठहर भएपछि चौधरीको उम्मेदवारी खारेज गरिएको हो।

रेशम चौधरी २०७२ सालको टिकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका व्यक्ति हुन्। यद्यपि उनले आम माफी पाए पनि अदालतको फैसला बदर नभएको अवस्थामा रहेकाले उम्मेदवारी कायम गर्न नसकिएको निर्वाचन अधिकृत भारतीले बताए।

उनका अनुसार मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) बमोजिम गम्भीर फौजदारी कसुरमा दोषी ठहर भई सजाय पाएको व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य हुने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update