Sagun Khabar
बैतडीमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चन्दले लिए उम्मेदवारी फिर्ता 

बैतडी -  बैतडीमा एक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका तेज बहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार स्वतन्त्र उम्मेदवारी दिर्ता गराएका चन्दले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले यसअघि सामाजिक सञ्जालबाट आफुले नेपाली कांग्रेस त्यागेको घोषणा गरेका थिए ।

दलगत राजनीति त्यागेर स्वतन्त्ररुपमा नयाँ राजनीतिक रुपमा अघि बढ्ने बताउदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए । तर अहिले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । 

अब जिल्लामा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update