बैतडीको पाटन नगरपालिकामा भोली स्थानीय बिदा
बैतडी- बैतडीको पाटन नगरपालिकाले भोली स्थानीय बिदा दिने भएको छ । प्रसिद्ध वनारसी धाममा मेला लाग्ने भएकाले पाटन नगरपालिकाले माघ १४ गते बुधबार नगरपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाममा दलित पुजारी रहने बनारसी धाममा भव्य मेला लाग्ने विश्वनाथ धाम विकास समितिका अध्यक्ष उत्तर चन्दले बताए ।
नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै १४ गते सबै सरकारी कार्यालय तथा बिद्यालयहरुमा बिदा रहेको जानकारी गराएका हुन । अन्य मन्दिरमा ब्राम्हण समुदायका मानिसमात्रै पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन् ।
वनारसी धाममा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ १२:१०
प्रतिक्रिया दिनुहोस्




