बैतडी- बैतडीको मेलौली नगरपालिकामा आजबाट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ । मेलौली नगरपालिका–०१ मा रहेको नगर स्टेडीयम बिठ्ठने खेलमैदानमा प्रतियोगिताको सुरु भएको हो ।
मेलौली नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भण्डारीको अध्यक्षता तथा मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ । यसैगरी उद्घाटन समारोहमा नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्की,बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रम संचालक महेन्द्र सिह नायकले बताए ।
तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभरीका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । गत वर्षसम्म मेलौली भगवती मन्दिरको परिसरमा हुदैं आईरहेको प्रतियोगिता यो वर्षदेखी भने नगर स्टेडीयमा सञ्चालन गरिएको नगर खेलकुद विकास समिति अध्यक्ष भण्डारीको जानकारी दिए ।




