बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी थापा हाजिर
बैतडी - बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी कृष्ण थापा हाजिर भएका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको गृह मन्त्रालयमा सरुवा भएपछि थापा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका हुन् । उनको टिकापुर इलाका प्रशासन कार्यालयबाट बैतडी सरुवा भएको हो ।
बिहिबार आफू जिल्लामा हाजिर भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । जिल्लामा आएपछि सबै सरोकारवालाहरुसंग परिचयात्मक तथा भेटघाट कार्यक्रम चलिरहेको उनले बताए । जिल्लामा रहँदा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा समेत गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२ १७:१६
प्रतिक्रिया दिनुहोस्




