Sagun Khabar
विपन्न बालबालिकालाई झोला र पोशाक वितरण 

बैतडी–कपडा बैंक बैतडीले एक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । 

जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६ स्थित जिम्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई झोला वितरण गरिएको कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्टले बताए । 

विद्यालयको ४३ औं बार्षिकोत्सवको अवसरमा विद्यालयमै पुगेर विपन्न परिवारका बालबालिकाहरुलाई झोला वितरण गरिएको उनले बताए । यस्तै विद्यालयका प्रधानाध्यापक अर्जुन धनाडीले विपन्न बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराएका छन् । 

कपडा बैंक बैतडीले विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक, झोला, न्यानो लुगा वितरण गर्दै आएको छ । अहिलेसम्म विभिन्न विद्यालयमा अध्ययनरत ५ सय ८० जना बालबालिकाहरुलाई विद्यालय पोशाक, झोला र न्यानो लुगा वितरण गरिसकेको सञ्चालक भट्टले बताए । 

विद्यालय पोशाक, झोलाकै अभावमा बालबालिकाहरुलाई पठनपाठनमा समस्या नहोस भनेर कपडा बैंकले अभियानमार्फत यो काम गरिरहेको भट्टको भनाइ छ । 

जिम्मेश्वर आधारभूत विद्यालयका विपन्न बालबालिकाहरुलाई कपडा बैंकले गरेको सहयोग निकै महत्वपूर्ण रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा समाजका सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update