Sagun Khabar
‘स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन गराउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’– प्रजिअ थापा 

बैतडी–बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन गराउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

केही दिन अघिमात्रै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थापाले आज सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

देश निर्वाचनमा होमिएका बेला पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले यसमा सबैको सहयोग रहने उनले बताए । 

प्रमुख जिल्ला अधिकारी थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने दायित्व सबैको रहेको बताउँदै सञ्चारकर्मीहरुको भूमिका अझ महत्वपूर्ण हुने बताए । 

आगामी दिनमा स्थानीय प्रशासनले सूचना आदान–प्रदान कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्र्दै प्रमुख जिल्ला अधिकारी थापाले सञ्चारकर्मीहरुले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । 

परिचयात्मक कार्यक्रममा सञ्चारकर्मीहरुले जिल्लाका विभिन्न समस्याहरुको बारेमा जानकारी गराउँदै नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका बिषयमा ध्यान दिन आग्रह गरे । 
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update