Sagun Khabar
दनपाले शिक्षकहरुलाई भन्यो –‘निर्वाचन आचारसंहिता पालना गर्नु’

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले शिक्षक÷कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना आग्रह गरेको छ । 

जिल्ला निर्वाचन कार्यालयले नगरपालिकालाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु भइरहेकाले त्यस्ता घटनाहरु रोक्न आग्रह गरेको थियो । सोही पत्रका आधारमा नगरपालिकाभित्रका विद्यालयहरुमा कार्यरत शिक्षक ÷कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । 

शिक्षक ÷कर्मचारीहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने नगरपालिकाले जनाएको छ । 

सोमबार जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफलमा शिक्षक ÷कर्मचारीहरुले आचारसंहिता उल्लंघन गरिरहेका गुनासो आएको थियो । 

निर्वाचन आचारसंहिता पालना गर्नु सबैको कर्तव्य भएको बताउँदै मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुनी कारवाही हुने बताए । 

acharsanhita-1770103134.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update