Sagun Khabar
बैतडीमा निर्वाचन प्रहरीका लागि तालिम सञ्चालन 

बैतडी–बैतडीमा निर्वाचन प्रहरीका लागि तालिम सञ्चालन गरिएको छ । 

आइतबारदेखि निर्वाचन प्रहरीका लागि १० दिने आधारभूत तालिम सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए । 

बैतडीमा नेपाल प्रहरीतर्फ १ हजार २ सय ७९ जना र सशस्त्र प्रहरी बलतर्फ ९६ जना गरेर १ हजार ३७५ जना निर्वाचन प्रहरी छनौट भएका छन् । छनौट भएका निर्वाचन प्रहरीका लागि आधारभूत तालिम सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक रायले बताए । 

नेपाल प्रहरीतर्फ छनौट भएका निर्वाचन प्रहरीमध्ये ४ सय १७ जनाका लागि पाटनमा तालिम सञ्चालन भइरहेको छ भने बाँकीको सुन्दरखाली खेल मैदानमा तालिम भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । 

यस्तै सशस्त्र प्रहरी बल नेपालतर्फ छनौट भएका ९६ जनाका लागि सशस्त्र प्रहरी बलले तालिम दिइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका प्रमुख गुल्मपति जंगबहादुर कुँवरले बताए । 

निर्वाचन प्रहरीलाई १० दिने आधारभूत तालिमपछि मतदानस्थलहरुमा खटाउने तयारी रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update