Sagun Khabar
दनपा–९ मा रास्वपाको वडा समिति गठन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका –९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति गठन गरेको छ । 

आज भएको भेलाले चन्द्रदेव जोशी सभापति रहने गरेर २५ सदस्यीय वडा समिति गठन गरेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले बताए । 

वडा समिति गठन पछि जोशीकै संयोजकत्वमा वडास्तरीय निर्वाचन प्रचारप्रसार समिति पनि गठन गरिएको जोशीले बताए । 

रास्वपाले जिल्लामा संगठन विस्तार र चुनावी प्रचारलाई संगै अगाडि बढाएको जोशीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update