बैतडी–बैतडी घर भएका एक युवक भारतको बेंगलोरबाट बेपत्ता भएका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–४ भण्डारीगाड घर भएका २७ बर्षीय प्रकाश भण्डारी बेंगलोरको आरआर नगरबाट बेपत्ता भएका उनका दाजु किशोर भण्डारीले बताए ।
बेंगलोरको एक होटेलमा काम गर्दै आएका भण्डारी गएको शनिबारदेखि बेपत्ता रहेका बताइएको छ ।
शनिबार दिउँसो ४ बजे होटेलबाट काम गरेर कोठामा फर्केका भण्डारी सोही दिनबाट बेपत्ता रहेका छन् । सोमबारसम्म उनले प्रयोग गर्दै आएको मोबाइल खुला रहेको भएपनि आजदेखि मोबाइल स्वीच अफ रहेको छ ।
बेपत्ता भण्डारीको खोजीका लागि भारतीय प्रहरीमा निवेदन दिइएको छ । रोजगारीका लागि गएको डेढ बर्षदेखि बेंगलोरमा रहेका भण्डारी बेपत्ता भएपछि घरपरिवार चिन्तित बनेका छन् ।
बेपत्ता भण्डारीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । यस्तै भारतमै रहेका राजेश भट्ट+919315538793, भरत भण्डारी+91 63985 89245 र किशोर भण्डारीको 99246 02824,8735808156 नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
यस्तै नेपालमा देवसिंह भण्डारीको मोबाइल नम्बर ९७६३२८८७१८ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।




