बैतडीमा निर्वाचन प्रहरीको भिरबाट खसेर मृत्यु
बैतडी- बैतडीमा निर्वाचन प्रहरीको भिरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दशरथचन्द नगरपालिका–५ मा अवस्थित क्रिकेट खेलमैदानमा तालिम सम्पन्न गरी मंगलबार राति करिब ८ः३० बजे घर फर्कने क्रममा उनी खरकटे सल्लेरी भिरबाट लडेका थिए। भिरबाट करिब २ सय ५० मिटर तल खसेका चन्दको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
उनको शव हाल जिल्ला अस्पताल बैतडीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ १०:२१
प्रतिक्रिया दिनुहोस्




