Sagun Khabar
बैतडीको पाटनमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेश स्थापना 

बैतडी–चुनावी सुरक्षालाई मध्यनजर गर्दै बैतडीको पाटनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाचन सुरक्षा बेश स्थापना गरेको छ । 

सशस्त्र प्रहरीको चुनावी सुरक्षा रणनीति अनुसार बैतडीको पाटनमा सुरक्षा बेश स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । 

सुदूरपश्चिमका १६ ओटै निर्वाचन क्षेत्रमा सुरक्षा बेश स्थापना गरिएसँगै बैतडीको पाटनमा पनि सुरक्षा बेश स्थापना गरिएको कुँवरले बताए । 

पाटनमा स्थापना गरिएको बेशमा सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर धामीको नेतृत्वको ३५ जनाको टोली खटाइएको छ । उक्त बेशमा निर्वाचन हुनु १५ दिन अगाडि थप जनशक्ति परिचालन गरिने गुल्मपति कुँवरले बताए । 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले सुरक्षा बेश स्थापना गरेको हो । 

प्रतिनिधि सभा सदस्यका लागि बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि एक स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update