Sagun Khabar
बैतडीको राष्ट्रिय मावि फाटीगडामा पूर्व विद्यार्थी समाज गठन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित राष्ट्रिय मावि फाटीगडामा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । 

राष्ट्रिय माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाले हरिश कुँवरको अध्यक्षतामा १५ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो । कुँवर उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्ष समेत रहीसकेका व्यक्ति हुन् । 

समाजको उपाध्यक्षमा गणेश महरा, सचिवमा जयन्तप्रसाद भट्ट, कोषाध्यक्षमा वीरेन्द्र महरा, सहसचिवमा प्रकाश भाट लगायत अन्य सदस्यहरु रहेका छन् । 

विद्यालयको सर्वाङ्गीण विकासका लागि पूर्व विद्यार्थी समाज गठन गरिएको सचिव जयन्तप्रसाद भट्टले बताए । उनले भने, ‘यो विद्यालयबाट अध्ययन गरेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागितामा पूर्व विद्यार्थी समाज गठन गरेका छौं । समाजले विद्यालयको बहृत्तर विकासका लागि काम गर्नेछ ।’

यस्तै पूर्व विद्यार्थी समाजलाई आवश्यक सल्लाह र सुझावका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । नरेन्द्रसिंह महराको अध्यक्षतामा सल्लाहकार समिति गठन गरिएको सचिव भट्टले बताए । 


 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update