Sagun Khabar
बैतडीको पाटन–८ मा बालक्लब गठन 

बैतडी–बैतडीको पाटन नगरपालिका–८ मा बालक्लब गठन गरिएको छ । 

वडा कार्यालयमा आज भएको बालबालिकाहरुको भेलाले दिनेश भट्टको अध्यक्षतामा २१ सदस्यीय वडास्तरीय बालक्लब गठन गरेको वडा अध्यक्ष हरिश बिष्टले बताए । 

वडास्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममा बालबालिकाहरुको सहभागिता सुनिश्चित गर्न, नेतृत्व विकास गर्न र अधिकारहरुको पैरवी गर्नका लागि बाल क्लब गठन गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

नयाँ गठन गरिएको बालक्लबले बालबालिकाहरुको हक अधिकार प्रत्याभूत गर्न र हरेक क्षेत्रमा सक्रिय सहभागिताका लागि पहल गर्ने विश्वास लिइएको वडा अध्यक्ष बिष्टले बताए । 

नगरपालिकाले सबै वडामा बाल क्लब गठन तथा पुनगर्ठनको काम गरिरहेको नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत सहायक महिला विकास निरीक्षक हरिना ऐडीले बताइन् । 
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update