बैतडी–नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ चुनाव परिचालन समिति बैतडीले कैलालीको धनगढीमा अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर बैतडी घर भइ धनगढी बस्दै आएका कांग्रेसजनहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको नेविसंघ चुनाव परिचालन समितिका संयोजक कपील केसीले बताए ।
आसन्न निर्वाचनमा नेपाली कांग्रेस एकजुट भएर अघि बढ्ने र आफ्नो उम्मेदवारको पक्षमा मत माग्नका लागि परिचालन हुने नेविसंघका केन्द्रीय सदस्य समेत रहेका केसीले बताए ।
केसीको अध्यक्षतामा भएको अन्तरक्रिया तथा छलफलमा नेपाली कांग्रेसका नेता, प्रदेश सभा सदस्य शिवराज भट्ट प्रमुख अतिथी रहेका थिए । यस्तै नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य तेजबहादुर चन्द र कान्ता चन्द लगायतका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




