Sagun Khabar
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना 

बैतडी–बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । 

बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ । 

घटनास्थलमा अहिले उद्धारको काम चलिरहेको छ । अध्याँरोका कारण उद्धारमा कठीनाइ भएको हाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताए । दुर्घटनामा भएको क्षतिका बिषयमा एकीन विवरण आउन बाँकी रहेको छ । 

घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय मिलेर उद्धारको काम गरिरहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । घटनाका बिषयमा थप विवरण आउन बाँकी रहेको छ ।

इलाका प्रहरी कार्यालय पाटन र ढोल्यामोड प्रहरीचौकीबाट समेत घटनास्थलका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update