Sagun Khabar
बैतडीमा जन्ती बस दुर्घटना : वडा सचिव वसन्तराज जोशीको निधन 

बैतडी–बैतडीको पुर्चौंडीबाट बझाङतर्फ गइरहेको जन्ती बोकेको बस दुर्घटना एक जना वडा सचिवको समेत निधन भएको छ ।

पुर्चौडी नगरपालिका–७ बडगाउँमा भएको उक्त दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव वसन्तराज जोशीको निधन भएको नगरपालिकाका कर्मचारी विष्णुदत्त जोशीले बताए । बझाङको बित्थडचीर गाउँपालिका ७ घर भएका जोशी पछिल्लो दुई बर्ष यता शैल्यशिखर नगरपालिकामा कार्यरत रहेका थिए । 

नायव प्राविधिक सहायक जोशीलाई वडा नं १ को वडाको सचिवको जिम्मेवारी दिइएको थियो । कर्मचारीभित्र निकै मिलनसार छवि भएका जोशीको निधनले अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ । 

जोशीको निधनको शोकमा आज नगरपालिकाले शोक बिदा दिएको जनाएको छ । 

विवाहको खुसी साट्न हिँडेको जन्ती बस दुर्घटनामा परी वडा सचिव जोशीसहित १३ जनाको अकालमा ज्यान गएपछि अहिले सुनकुडा गाउँ नै शोकमा डुबेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update