Sagun Khabar
बैतडी बस दुर्घटना : घाइतेमध्ये १२ जना उपचारपछि डिस्चार्ज 

बैतडी–बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा जन्ती बोकेको बस दुर्घटनामा घाइते भएकामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

डडेल्धुरा अस्पतालमा पुर्याएका ३२ जना घाइतेमध्ये ५ जनाको मृत्यु भएको छ भने १२ जना उपचारपछि डिस्चार्ज भएका अस्पतालले प्रकाशन गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । 

अस्पतालले थप उपचारका लागि ९ जनालाई रेफर गरेको जनाएको छ । यस्तै घाइतेमध्ये ११ जनाको डडेल्धुरा अस्पातलमै उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । अस्पातलमा मृत्यु भएका पाँच जनाको शव परीक्षण सम्पन्न गरिसकिएको जनाइएको छ । 

बस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने चालकसहित ३८ जना घाइते भएका छन् । बसमा चालकसहित ५१ जना सवार रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update