Sagun Khabar
उच्च नैतिकता र निष्ठापूर्वक न्याय सम्पादन हुनुपर्ने : प्रधानन्यायाधीश राउत 

बैतडी –प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उच्च नैतिकता र निष्ठापूर्वक न्याय सम्पादन हुनुपर्ने बताएका छन् । 

जिल्ला अदालत बैतडीको नवनिर्मित भवनको शुक्रबार उद्दघाटन गर्दै प्रधानन्यायाधीश राउतले न्याय सेवालाई सरल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । अदालतको नयाँ भवनबाट सञ्चालन हुने न्यायिक तथा प्रशासनिक काममा थप प्रभावकारी आउने उनले विश्वास व्यक्त गरे ।  

गत भदौ २३ र २४ गते भएको अप्रत्याशीत घटनाले देशका विभिन्न स्थानका २३ ओटा अदालत भवनमा ठूलो क्षति भएको बताए । यसले न्याय सम्पादनमा समस्या भएको उनले बताए । 

बैतडीमा निर्माण भएको अदालतको नयाँ भवनले न्याय सम्पादनमा ठूलो सहयोग पुग्ने प्रधानन्यायाधीश राउतले बताए । 

२०७७ सालदेखि निर्माण कार्य शुरु भएको अदालतको भवन गत असारमा निर्माण कार्य सम्पन्न भएको थियो । उक्त भवन ११ करोड ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको जिल्ला अदालत बैतडीका न्यायधीश तीर्थराज भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update