Sagun Khabar
निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन अधिकृतको आग्रह 

बैतडी–आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरिएको छ । 

बैतडीमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले १७ बुँदे सूचना जारी गर्दै निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । 

निर्वाचन आयोगले जिल्लामा प्रमुख कोष नियन्त्रक र सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकेको छ । 

निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न र गराउन अनुगमन अधिकृतकातर्फबाट सूचना जारी गरिएको अनुगमन अधिकृत वासुदेव भण्डारीले बताए । 

निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सबै व्यक्ति, संस्था, उम्मेदवार, राजनैतिक दलले आचारसंहिताको पालना गर्नुपर्ने भण्डारीले बताए । आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने उनले बताए । 

अनुगमन अधिकृतले जारी गरेको सूचनामा सार्वजनिक र सरकारी निकाय, शिक्षण संस्थाको प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला र प्रचार गर्न नपाइने उल्लेख गरिएको छ । निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नपाइने, मत सर्वेक्षण गर्न नपाइने, सार्वजनिक स्थलमा आमसभा, जुलुसको आयोजना गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, घरदैलोमा जाँदा २५ जनाभन्दा बढी लैजान नपाइने, राजनैतिक दल र उम्मेदवारले एक जिल्लाबाट अर्कोे जिल्लामा मतदाता ओसारपसार गर्न नपाइने लगायतका कुराहरु उल्लेख गरिएको छ । 

उम्मेदवारले छुट्टै बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने,बैतडीको हकमा पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत उम्मेदवार हुनेको हकमा बढी ३३ लाख रुपैयाँ र समानुपातिक उम्मेदवारले बढीमा २ लाख रुपैयाँमात्रै खर्च गर्न पाइने उल्लेख गरिएको छ । 

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबैको कर्तव्य भएकाले आचारसंहित उल्लंघन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । 

यस्तो छ अनुगमन अधिकृतले आचारसंहितासम्बन्धी जारी गरेको सूचना  

1-1770616025.jpg

2-1770616045.jpg


 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update