Sagun Khabar
निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न बैतडीका स्थानीय तहलाई आग्रह 

बैतडी–जिल्ला निर्वाचन कार्यालय बैतडीले स्थानीय तहहरुलाई निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका लागि आग्रह गरेको छ । 

१० ओटै स्थानीय तहहरुलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिताको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

निर्वाचन आचारसंहिता २०८२ को बुँदा नम्बर ७ मा स्थानीय तहका निकाय र कार्यरत कर्मचारीहरुले पालना गर्नुपर्ने कुराहरु उल्लेख गरिएका छन् । निर्वाचन नजिक आएका बेला निर्वाचन आचारसंहितको उल्लंघन भइरहेको गुनासो आएकाले स्थानीय तहहरुलाई परिपत्र गरिएको जिल्ला निर्वाचन अधिकारी भारतीले जानकारी दिए । 

स्थानीय तहका कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको पक्ष÷विपक्षमा प्रचारप्रसार गर्न नहुने, राजनीतिक दलका सभा÷बैठकमा सहभागी हुन नहुने, बार्षिक बजेटमा स्वीकृत भएका बाहेक नयाँ कार्यक्रम सञ्चालनमा ल्याउन नहुने कुरा परिपत्रमा उल्लेख गरिएको छ । 

निर्वाचन आचारसंहितको पूर्ण कार्यान्वयनका लागि सबैले सचेत हुनुपर्नेमा जोड दिइएको छ । 

Nirwachan-1770976528.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update