बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति गठन गरेको छ । आज सम्पन्न भएको अधिवेशनले सभापतिमा हरिश बिष्टसहित ११ सदस्यीय वडा समिति गठन गरिएको रास्वपाका नेता विशाल भट्टले जानकारी दिए ।
सभापति बिष्टले नयाँ सोच र विचारसहित पार्टी संगठनलाई बलियो बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यस्तै गजेन्द्र बिष्टको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको नेता भट्टले बताए । सुर्नयाका सबै वडामा वडा समिति र निर्वाचन परिचालन समिति गठन गर्ने काम भइरहेको भट्टले बताए ।
वडा अधिवेशनमा रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी, जिल्ला उपसभापति हेमन्त ऐर, जिल्ला सचिव हरिश जोशी, पाटन नगर सभापति तिलक चन्द, नेतृ नम्रता थापा, नेता विशाल भट्ट लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।




