Sagun Khabar
निङ्गलाशैनी मावि देहीमाण्डौंको बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी माविको ७८ औं बार्षिकोत्सव विविध कार्यक्रमसहित शुक्रबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल बोहराको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द प्रमुख अतिथी रहेकी थिइन् । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बोहराले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रगति प्रतिवेदन पेश गरेका थिए । 

प्रधानाध्यापक बोहराले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार विद्यालयको आयव्यय १ करोड ३६ लाख रुपैयाँ रहेको छ । 

समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न अक्षयकोषबाट छात्रवृति प्रदान गरिएको छ । 

यस्तै राष्ट्रपति रनिङ शिल्डका विजेताहरुलाई नगदसहित सम्मान गरिएको थियो भने अक्षयकोष स्थापना गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको शिक्षक तिलकबहादुर बोहराले बताए । 

बार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बोहराले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update