बैतडीमा भालुको आक्रमणबाट एक महिला घाइते
बैतडी –बैतडीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
जिल्लाको मेलौली नगरपालिका –४ तितावै तालकी ३५ बर्षीया सुनिता चन्दलाई सोमबार बिहान ८ बजेतिर भालुले आक्रमण गरेको हो ।
खानेपानीको पाइपमा पानी नआएपछि मूहानमा पानी हेर्न जाँदा चन्दलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
उनलाई खानेपानी मूहान भएको ठाउँ चम्साल नपुग्दै भालुले आक्रमण गरेको बताइएको छ ।
भालुको आक्रमणबाट घाइते भएकी चन्दलाई उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक सिंहले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्




