बैतडी–बैतडीका ८४ ओटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ ।
निर्वाचन आयोगको कार्यक्रम अनुसार आइतबारदेखि ८४ ओटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए ।
प्रत्येक वडामा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाइएको उनले बताए । मतदाता शिक्षा स्वयंसेवकहरुलाई आवश्यक तालिम दिएर उनीहरुलाई मतदाता शिक्षाका लागि खटाइएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।
मतदाता शिक्षा स्वयंसेवकहरुले नमूना मतपत्रसहित घरघरमा गएर मतदान गर्ने तरीकाका बिषयमा सिकाइरहेका जिल्ला निर्वाचन अधिकारी भारतीले बताए । निर्वाचनमा बढीभन्दा बढी मतदाताहरुको सहभागिता गराउने र बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भारतीले बताए ।
फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गरिएको भारतीले बताए । घरघरमा आउने मतदाता शिक्षा स्वयंसेवकहरुसँग मतदान गर्ने सही तरीकाका बारेमा सिक्न समेत उनले मतदातालाई आग्रह गरे ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धा रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




